
बिएल संवाददाता
चीनमा जारी एसियाली खेलकुद अन्तर्गत महिला भलिबलतर्फ नेपाली महिला भलिबल टोली समूह चरणबाटै बाहिरिएको छ।
सोमबार भएको खेलमा नेपाल दक्षिण कोरियासँग ३-० को सोझो सेटमा पराजित हुँदै एसियाडबाट बाहिरियो। पहिलो सेटमा २५–२१ ले हारेको नेपालले दोस्रो सेटमा २५–१४ ले गुमाउन पुग्यो भने अन्तिम सेट पनि २५–११ ले पराजित हुँदै समूह चरणबाटै बाहिरियो।
यसअघि भएको समूह चरणको पहिलो खेलमा नेपाल भियतनामसँग सोझो सेटमा नै पराजित भएको थियो।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया