स्थानीय तहका कर्मचारी पनि काम छाडेर सडकमा (तस्बिरहरू)

स्थानीय तहका कर्मचारी कार्यालयमा काम छाडेर सडक आन्दोलनमा उत्रिएका छन्।

सोमबार बिहान काठमाडौँको माइतीघरमा सडकमा बसेर आन्दोलन गरिरहेका छन्।

संघीय निजामती विधेयक ल्याउनुपर्ने, संघीय निजामती सेवा ऐनको सट्टामा एकीकृत निजामती सेवा ऐन ल्याउनुपर्ने, प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाको नै रहने व्यवस्था गरिनुपर्नेलगायतको माग राखेर कर्मचारी सडक आन्दोलनमा उत्रिएका हुन्।

सोमबार कम संख्यामा कर्मचारी सकडमा आएपनि देशभरबाट कर्मचारी काठमाडौँ आउँदै गरेको कर्मचारीले बताएका छन्।

प्रकाशित मिति: : 2023-10-02 12:33:00

प्रतिकृया दिनुहोस्