
बिएल संवाददाता
काभा पुरुष भलिबल च्यालेन्ज कप अन्तर्गत नेपालले बंगलादेशलाई हराउँदै विजयी सुरुवात गरेको छ।
सोमबार कोलम्बोस्थित सुगाथादास इन्डोर रंगशालामा भएको खेलमा नेपालले बंगलादेशलाई ३–१को सेटमा पराजित गर्यो।
पहिलो सेट २५–२०ले आफ्नो पक्षमा पारेको नेपाल दोस्रो सेट भने १९–२५ ले गुमाएको थियो। त्यसपछिका २ सेट नेपालले २५–२३, २५–२१ ले आफ्नो पक्षमा ल्यायो।
नेपालले आफ्नो दोस्रो खेल मंगलबार आयोजक राष्ट्र श्रीलंकासँग खेल्ने छ भने बुधबार अफगानिस्तानसँग खेल्ने छ।
त्यस्तै, नेपाल र साउदी अरबियाबीच खेल बिहीबार हुँदैछ। शुक्रबार नेपाल र उज्जेकिस्तानबीच खेल हुनेछ।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया