युद्धभूमिदेखि इन्द्रेणीसम्म (विश्व देखाउने १५ तस्बिरहरू)

करिब तीन साताअघि सुरु भएको इजरायल-प्यालेस्टाइन युद्ध अझ चर्किने बिन्दुमा छ। हजारौँ मान्छेको ज्यान लिइसकेको र लाखौँ मानिस विस्थापित गराइसकेको यो युद्धको भौतिक क्षति त अझ यकीनै हुन सकेको छ।

रुस-युक्रेन युद्धपछि सारा विश्व ध्रुवीकृत भइरहेका बेला फेरि एकपटक विश्वशक्ति आपसमा विभाजित छ प्यालेस्टाइन र इजरायलको पक्ष विपक्षमा।

विश्व राजनीति र देशीय युद्धका बीच प्रकृति र विश्व मानव जीवन त फेरि आफ्नै धुनमा छ। आफ्नै लयमा छ।

युद्धभूमिदेखि प्रकृति मान्छेको जीवनचक्र देखाउने गरी साताभरि रोयटर्सले कैद गरेका १५ तस्बिरहरू:

१. वार्षिक जोम्बी वाक उत्सवको क्रममा जोम्बीको लुगा लगाएकी एउटी महिला मेक्सिको सिटी, मेक्सिकोमा

२. बाबेट तुफानको समयमा समुन्द्री छालहरू सीहम लाइटहाउसमा ठोक्किँदै सिहाम ब्रिटेनमा

३. वार्षिक भेडा उत्सवको क्रममा उत्तरी स्पेनबाट दक्षिणी स्पेन जाने क्रममा भेडाको बथान हेर्दै सर्वसाधारणहरु मेड्रिड स्पेनमा

४. इटालीको रोमस्थित बायोपार्को चिडियाखानामा एक सेतो बाघ हेलोवीन अगाडि मासुसहितको फर्सी निरीक्षण गर्दै

५. बेलायतको फ्ल्यामस्टेड, सेन्ट अल्बान्समा, हेलोवीनको लागि फर्सी टिप्ने क्रममा एक बालक

६. महिला बडीबिल्डर हेलेन स्टाफर्ड गेट्सहेड, बेलायतको फेडरेशन ब्रुअरीमा IBFA ब्रिटिश फाइनल नाइट अफ च्याम्पियन्स प्रतियोगिताको अवसरमा स्टेजमा प्रतिस्पर्धा गर्दै

७. मेक्सिको सिटी, मेक्सिकोको रुफिनो तामायो समकालीन कला संग्रहालयमा ‘कला र कुकुरहरू’ प्रदर्शनीको क्रममा एक महिला आफ्नो कुकुरको तस्विर लिँदै

८. १० वर्ष उमेरको सिरियाली शरणार्थीलाई चित्रण गर्ने १२ फिट अग्लो कठपुतली सानो अमलले अमेरिकाको टेक्सासको एल पासोमा अमेरिका-मेक्सिको सीमामा यात्राको क्रममा भेनेजुएलाका आप्रवासी केटा फेबियनसँग खेल्दै

९. सूर्यास्तको समयमा टिंग काउ ब्रिज हुँदै डबल डेकर बस आफ्नो गन्तव्यतर्फ जाँदै चीनको हङकङमा

१०. पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प म्यानहट्टनमा रहेको न्युयोर्क राज्यको सर्वोच्च अदालतमा एउटा ठगी मुद्दाको सुनुवाइको क्रममा न्यायाधीश आर्थर एफ एङ्गोरनसमक्ष ट्रम्प संगठनका माइकल कोहेन र आफ्नो वकिल एलिना हब्बालाई हेर्दै गरेको काल्पनिक रेखाचित्र

११. अमेरिकाको मेन राज्यस्थित लेविस्टन घातक सामूहिक गोलीबारीपछि सुरक्षाकर्मीहरु पीडितको उद्दार गर्दै

१२. लेखक सलमान रुस्दी जर्मनीको फ्रान्कफर्टको सेन्ट पल चर्चमा आयोजित कार्यक्रममा जर्मन पुस्तक व्यापारको अवसरमा शान्ति पुरस्कार प्राप्त गर्ने क्रममा

१३. दक्षिणी गाजा क्षेत्रको जाहरा सहरमा इजरायली आक्रमणमा ध्वस्त भएका आवासीय भवनहरूको हवाई दृश्य

१४. स्कटल्याण्ड, बेलायतको पिटलोक्रीस्थित लोच फास्कलीमा रहेको हरिणको मूर्ति

१५. बेलायतको क्यासलटनमा बाबेट तुफान र भारी वर्षापछि देखिएको इन्द्रेणी र लेडीबोवर जलाशयको प्लग प्वाल

प्रकाशित मिति: : 2023-10-28 14:15:00

प्रतिकृया दिनुहोस्