बिएल संवाददाता
गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यालयमा भएको कुटपिटको घटनापछि संस्थापन पक्षका अध्यक्ष बद्री केसीले पनि प्रहरीमा जाहेरी दिएका छन्।
अध्यक्ष बद्री केसीले महानगरीय वृत्त, दरबारमार्गमा बुधबार जाहेरीमा दिएका हुन्।
मंगलबार मात्रै समानान्तर समितिका अध्यक्ष आरके शर्माले संस्थापन पक्षविरुद्ध जाहेरी दिएका थिए। त्यसकै भाेलिपल्ट आज संस्थापन अध्यक्ष केसीले एनआरएनएको कार्यालयमा अनधिकृत हस्तक्षेप भएकाे भन्दै प्रहरीमा जाहेरी दिएका हुन्।
अध्यक्ष केसीले जीउ, ज्यान र सम्पत्तिको शान्ति सुरक्षा, अभद्र व्यवहार र वैयक्तिक गोपनीयता तथा प्रतिष्ठाविरुद्धको कसुर उपर कानुनी कारबाही गर्न माग गरेका छन्।
मंगलबार नवनिवार्चित अध्यक्ष केसीलाई बधाइ दिन पूर्वमन्त्री समेत रहेका नेकपा एमालेका पोलिटव्यूरो महेश बस्नेत सचिवालयमा पुगेका थिए।
सचिवालयको हलमा बधाई ज्ञापान कार्यक्रम चलिरहेका बेला गत निर्वाचनमा उपविजेता भएका राजेन्द्र कुमार शर्मा (आरके) सहितको एउटा टीम त्यहाँ पुगेको थियो।
कार्यक्रम चलिरहेकै बेला आरके शर्माको समूहले हुलदंगा गर्न खोजेको भन्दै अध्यक्ष केसीले प्रहरीमा उजुरी दिएका छन्।
उजुरीमा अन्तर्राष्ट्रिय महाधिवेशनमा भएको निर्वाचनमा उपविजेता भएका शर्मा नेतृत्वमा बुद्धिसागर सुवेदी, गंगाधर गौतम, ठाकुरप्रसाद ढुङ्गाना, ओम शर्मालगायतले संघमा कुनै जानकारी नदिइ गैरकानुनी र अनधिकृतरूपमा संघको कार्यालयमा प्रवेश गरी पूर्वमन्त्री बस्नेतलाई गालीगलौच गरी अनुमतिबिना फोटो खिच्ने, व्यक्तिगत चरित्र, आचरण, नैतिकता र ख्याति होच्याएर चरित्र हत्या गर्ने र संघको कार्यालयमा हुलदङ्गा गर्ने कार्य भएको जनाइएको छ।

रवि र ओली : दुबै उस्तै उस्तै हुन् नानू !
रविलाई खेदिरहेको ‘नियति’सँगै रास्वपाले देशभरि चलाएको ‘स्वतन्त्र हावा’
राजनीतिको परम्परागत भागबण्डामा रास्वपाको ‘चकचकी’
माओवादीका ‘निशान’ मेटाएर रुकुम फर्किएका ‘प्रचण्ड’ पाइलाहरू
अडानदेखि अवसानसम्मः परिवर्तनको कठघरामा पुराना दलहरू
प्रेम दिवस
ओलीलाई मतदान : ७६ जेनजीको हत्या अनुमोदन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया