बुधबार, १३ अगस्ट २०२५

विश्वकपमा पुग्न युएईसँग भिड्दै नेपाल

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने आइसिसी टी- २० विश्वकपमा छनाेट हुनकाे लागि नेपालले आज (शुक्रबार) चिरप्रतिद्वन्द्धी टाेली युएईसँग प्रतिस्पर्धा गर्दैछ। टी- २० विश्वकपकाे एसिया छनाेटअन्तर्गत सेमिफाइनलकाे उक्त खेल बिहान ११ बजेदेखि मूलपानी क्रिकेट मैदानमा हुँदैछ।

आठ राष्ट्र सहभागी प्रतियाेगिताकाे समूह ‘ए’काे उपविजेता नेपाल समूह ‘बी’काे विजेता टाेली युएईसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्न लागेका हुन्। यस खेल जित्ने टाेली आगामी वर्ष हुने विश्वकपकाे लागि छनाेट हुनेछ।

जारी खेलमा प्रतियाेगितमा युएई अपराजित टाेली हाे। समूह चरणका अन्तिम खेलमा ओमानसँग ५ रनले पराजित भएकाे नेपालले विश्वकपमा पुग्न आज युएईलाई हराउने याेजनामा छन।

युएई पनि फेरि नेपाललाई पराजित गर्दै विश्वकप यात्रा तय गर्न चाहन्छ। विश्वकपका बलिया दाबेदार यी दुई टाेलीबीचकाे खेल सनसनीपूर्ण हुने अनुमान गरिएकाे छ। नेपालले घरेलु मैदानमा जुरेकाे विश्वकप पुग्ने माैका चुकाउन चाहन्न। त्यसैले पनि आज जसरी पनि युएईलाई हराउने याेजनामा छ।

त्यस्तै अर्काे सेमिफाइनलमा आजै त्रिवि क्रिकेट मैदानमा ओमान र बहराइन भिड्दै छन्। उक्त खेलकाे विजेता टाेली पनि विश्वकपकाे लागि छनाेट हुनेछ।

शुक्रबार, कार्तिक १७, २०८०
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!