बिहिबार, १४ अगस्ट २०२५

शान्ति बराल माओवादीबाट निष्कासित, कसले चलायाे ‘रास्वपा प्रवेशकाे हल्ला’

News Image
• • •

विवादित टिकटकर शान्ति बराललाई माओवादी केन्द्रले कारबाही गरेको छ।

सैनामैना नगर समितिले विज्ञप्ति निकाल्दै उनीमाथि अनुशासनको कारबाही गरेको माओवादी केन्द्रका स्थानीय नेताहरूले जनाएका छन्।

टिकटकमा चर्चिच बराल पछिल्लो समय विवादित तथा अश्लील गतिविधिबाट आलोचित भइरहेकी थिइन्।

उनी माओवादी केन्द्रकाे सैनामैना नगर समिति सदस्य तथा वाइसिएल नेत्रीसमेत थिइन्।

बरालले पार्टीको साङ्गठनिक जिम्मेवारी, आम नेपालीको सामाजिक–सांस्कृतिक व्यवहारका विरूद्ध सामाजिक सञ्जालमा प्रस्तुत भएकाले निलम्बन गरिएको विज्ञप्तिमा उल्लेख छ।

माओवादीबाट निष्कासित बराललाई सामाजिक सञ्जाल प्रयाेगकर्ताहरूले रास्वपा प्रवेश गर्न लागेकाे भन्दै हल्ला फिजाइरहेका छन्।

सोमबार, कार्तिक २०, २०८०
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)