मङ्गलबार, १२ अगस्ट २०२५

ॐकार सेनाले भन्यो- दुर्गा प्रसाईंको कार्यक्रम बिथोल्न राज्यशक्ति नै लागेको छ

File Photo
• • •

ॐकार सेना नेपालले राष्ट्रवादी शक्तिहरुलाई राज्य पक्षबाट र मुलधारका राजनीतिक दल तथा तिनका भातृ संगठनहरुले विभिन्न किसिमले दुःख दिएको भन्दै संगठनको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

एक विज्ञप्ति जारी गर्दै उक्त संगठनले राज्य पक्ष वा जुनसुकै राजनीतिक दलले राष्ट्रवादी शक्तिलाई दुःख दिने, झुटा मुद्दाहरु लगाउने काम तुरुन्त बन्द नगरे साथै महाअभियानको पूर्व निर्धारित कार्यक्रम भाँड्ने कुचेष्ठा गरे जुनसुकै शक्तिका विरुद्ध प्रतिकारमा उत्रने चेतावनी दिएको हो।

'देशको पछिल्लो समयक्रममा राष्ट्रवादी शक्तिहरु र राष्ट्रघाती शक्तिहरुबीच ध्रुवीकरण हुँदै गएको बेहोरा जगजाहेर नै छ', विज्ञप्तिमा भनिएको छ, 'यसै अनुरुप राष्ट्रवादी शक्तिहरुलाई राज्य पक्षबाट र मुलधारका राजनीतिक दल र तिनका भातृ संगठनहरुले विभिन्न किसिमले दुःख दिदै आएको कुराप्रति यस संगठनको गम्भीर ध्यानाकर्षण भएको छ।'

राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानको पूर्व निर्धारित कार्यक्रम बिथोल्न राज्य नै लागि परेको ॐकार सेनाले जनाएको छ।

'अभियान सञ्चालनका क्रममा राजनीतिक दलका भातृ संगठनहरु लागि परेको विषयप्रति यस संगठन गम्भीर रहेको सम्बन्धित सबै पक्षलाई जानकारी गराउदछौँ, विज्ञप्तिमा अगाडि भनिएको छ।

बिहिबार, कार्तिक २३, २०८०
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)