बुधबार, १३ अगस्ट २०२५

यस कारण मेरो मोदीप्रति मोह भंग भयो

सेतोपाटी

सेतोपाटी

गुरचरण दास
News Image
• • •

सन् १९४७ — भारतमा लामो समय शासन गरेपछि अंग्रेजहरू आफ्नो देश फर्किने तर्खरमा थिए। मेरी आमालाई भने मलाई स्कुल पठाउन हतारो हुँदै थियो।

म जम्मा साढे चार वर्षको थिएँ, जति बेला मलाई लाहोर (हाल पाकिस्तान) मा रहेको एउटा स्कुलको किन्डरगार्टेनमा भर्ना गरियो।

मेरो कक्षामा मसहित सबै साथीहरूको पेन्सिल बक्स थियो। मेरो छेउमा बस्ने साथी आयानको भने थिएन।

मेरै अर्को छेउमा कक्षाकै सबभन्दा धनी केटा बस्थ्यो। ऊ एक मात्र यस्तो विद्यार्थी थियो, जो कार चढेर स्कुल आउँथ्यो। ऊसँग दुइटा पेन्सिल बक्स थियो। ऊ यति धनी थियो, उसको एउटा पेन्सिल बक्स त बेलायतमा बनेको थियो।

एउटा साथीसँग दुइटा पेन्सिल बक्स हुनु र अर्कोसँग एउटा पनि नहुनुले मलाई सधैं नराम्रो लागिरहन्थ्यो। त्यही भएर एकदिन सबै जना ब्रेकमा खेल्न गएको मौका पारेर मैले धनी केटाको पेन्सिल बक्स चोरेँ र आयानको डेस्कमा राखिदिएँ।

शुक्रबार, कार्तिक २४, २०८०
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)