
बिएल संवाददाता
नेपाल प्रहरीमा विभिन्न पदमा कार्यरत २६ जना सम्पर्कविहीन भएका छन्। प्रहरी प्रधान कार्यालय, महानिरीक्षककाे सचिवालयले विज्ञप्ति जारी गर्दै दुई हवल्दारसहित २६ जना प्रहरी सम्पर्कमा नरहेकाे जनाएकाे छ।
प्रहरी प्रधान कार्यालयले जनाएअनुसार २ जना प्रहरी हवल्दार, ४ प्रहरी सहायक हवल्दार र २० जना प्रहरी जवान रहेका छन्। उनीहरु २/३ महिनादेखि कार्यरत कार्यालयमा हाजिर भएका छैनन्।
प्रधान कार्यालयले उनीहरुलाई ७ दिनभित्र उपस्थित हुन भनेकाे छ। यदि उक्त म्यादमा उपस्थित नभए सेवाबाट निष्कासित गरिने विज्ञप्तिमा उल्लेख छ।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया