बुधबार, १३ अगस्ट २०२५

कोरोनाबाट मृत्यु भएकी चालिसेका छोराको पढाइको जिम्मा मन्त्री बस्नेतले लिए

File Photo
• • •

कोरोना सङ्क्रमणबाट मृत्यु भएकी सावित्री तिमल्सिना (चालिसे)का छोराको पढाइको जिम्मा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले लिएका छन्। चालिसेका कोरोना महामारीबाट मृत्यु हुने पहिलो नेपाली थिइन्।

सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-९ राम्चेकी चालिसेको सुत्केरी भए लगत्तै कोरोना सङ्क्रमणका कारण मृत्यु भएको थियो। विसं २०७७ जेठमा चालिसेको मृत्यु हुँदा छोरा सफल नौ दिनका थिए।

सफलको पढाइको जिम्मा लिएसँगै मन्त्री बस्नेतले उनलाई आज टोखा नगरपालिका-९ गोँगबुस्थित कान्तिपुर इङ्लिस एकेडेमीमा भर्ना गरिदिएका हुन्।

उनले चालिसेको छोरा सफलको पठनपाठनको खर्चस्वरुप आज रु ६० हजार नगद विद्यालयका प्राचार्य माधवप्रसाद अधिकारीलाई हस्तान्तरण गरे।  मन्त्री बस्नेतले सफलको कक्षा १२ सम्मको पढाइ खर्च आफूले बेहोर्ने बताए।

मृतकका पति विमल चालिसेले मन्त्री बस्नेतको सहयोगप्रति आभार व्यक्त गरे। मन्त्री बस्नेतले तत्कालीन समयमै सावित्रीको मृत्यु लगत्तै शिशुको पढाइको जिम्मा लिने घोषणा गरेका थिए।

सोमबार, मंसिर ११, २०८०
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)