बिहिबार, १४ अगस्ट २०२५

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा अस्पताल भर्ना

News Image
• • •

बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा अस्वस्थ भई अस्पतालमा भर्ना भएका छन्। उनलार्ई शनिबार बिहानदेखि ज्वरो आएपछि आज अस्पताल भर्ना भएका हुन्।

प्रदेश प्रमुख शर्माका प्रमुख स्वकीय सचिव पारसमणि फुुयाँलका अनुसार शर्माको काठमाडौँको हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल चावहिलमा उपचार भइरहेको छ। स्वास्थ्य परीक्षणका क्रममा उनलाई निमोनिया पनि देखिएको फुुयाँलले जानकारी दिए। 

उपचारत प्रदेश प्रमुख शर्माको अहिले स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उनको निजी सचिवालयले जनाएको छ।

प्रमुख शर्मालाई केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने अस्पतालले जनाएको छ।

आइतबार, मंसिर २४, २०८०
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!