शुक्रबार, १५ अगस्ट २०२५

आज सेती नदीको बाँध खोलिंदै, तल्लो तटीय क्षेत्रमा सचेत रहन आग्रह

News Image
• • •

पाेखरामा अस्पतालबाट बेपत्ता भएका एक युवकको खोजीका लागि आज (बिहीबार) सेती नदीको बाँध खोलिंदै छ। 

तनहुँ घर भइ हाल पोखरा लामाचौर बस्दै आएका १९ वर्षीय संगम मिश्र बिरामी भएपछि उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएको थियो।

उनका बुबा औषधि लिन गएको बेला इमर्जेन्सी वार्डबाटै संगम २५ गतेदेखि सम्पर्कविहीन भएका थिए।

खोजतलास गर्दा मणिपाल नजिकैको सेती नदीमाथि रहेको झोलुंगे पुल परिसरमा उनले लगाएको कपडा र परिचय पत्र भेटिएको थियो।

सेती नदीमा हाम फालेको हुन सक्ने आशंकामा सेती नदीको बाँध खोलिन लागेको प्रहरीले जनाएको छ। प्रहरीले  मध्याह्न १२ देखि ४ बजेसम्म बाँधभन्दा तलका सबै नागरिकलाई सतर्क रहन भनेको छ। 

बिहिबार, मंसिर २८, २०८०
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)