नवीन रायमाझी
सेनाहरुको वर्गीकरण गर्ने संस्था ‘ग्लोबल फायरपावर’ ले विश्वको सबैभन्दा शक्तिशाली सेना सयुंक्त राज्य अमेरिकाको भएको दाबी गरेकाे छ।
सबैभन्दा शक्तिशाली सेना अमेरिकाको र सबैभन्दा कमजोर सेना भुटानको भएको विश्वका एक सय ४५ देशका सेनाहरुको वर्गीकरण गर्ने सबैभन्दा विश्वासिलो संस्था ग्लोबल फायरपावरले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ।
उक्त संस्थाका अनुसार विश्वको सबैभन्दा शक्तिशाली सेना भएको १० देशमध्ये क्रमश: एकदेखि दशसम्म अमेरिका, रुस, चीन, भारत, दक्षिण कोरिया, ब्रिटेन, जापान, टर्की, पाकिस्थान र इटली रहेको छ।
त्यसैगरी सबैभन्दा कमजोर सेना भएको देशहरुमा क्रमश आइसल्याण्ड, सेन्ट्रल अफ्रिकन रिपब्लिक, सिएरा लियोन, बेलिज, लाइबेरिया, बेनिन, सोमालिया, सुरिनाम, मोल्डोभा र भुटान रहेका छन् भने नेपालको सेना एक सय २८ नम्बरमा रहेको छ।
यो संस्थाले सैनिकको संख्या, सेनाको वित्तीय स्थिरता, सैन्य उपकरण, भौगोलिक स्थिति, उपलब्ध स्रोत र साधन जस्ता विभिन्न ६० कारकहरुलाई ध्यानमा राखेर एउटा ‘पावर इन्डेक्स स्कोर’ निर्धारण गरेको हुन्छ भने सबैभन्दा शक्तिशाली सेनाको कम र कमजोर सेनाको बढी स्कोर रहेको हुन्छ।
यसैअनुसार अमेरिकाको सेनाको पावर इन्डेक्स स्कोर ० दशमलब शून्य ०६९९ रहेको छ भने भुटानको सेनाको पावर इन्डेक्स स्कोर ६ दशमलब ३७०४ रहेको छ। नेपालको सेनाको पावर इन्डेक्स स्कोर २ दशमलब ८९६२ रहेको छ।
संस्थाले आफ्नो वेबसाइटमा राखेको विज्ञप्तिमा भनेको छ, ‘हामीले निष्पक्ष रुपमा विभिन्न कारकहरुलाई ध्यानमा राखेर विश्वका एक सय ४५ देशका सेनाहरुको वर्गीकरण गरेका छौँ र यो शत प्रतिशत प्रविधिमा आधारित भएको कारण यसको निष्पक्षतामा कुनै शङ्का गर्नुपर्दैन।’
(यससम्बन्धी अधिक जानकारी राख्न इच्छा भएका पाठक वर्गहरुले संस्थाको वेबसाइटमा गएर साेबारेमा ‘2024 Military Strength Ranking’ अध्यन गर्न सक्नुहुन्छ।)
@twitter#naviinr
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया