नेदरल्यान्ड्ससँग खेल्दै नेपाल, टाेलीमा फर्किए ‘टाइगर’

आइसीसी क्रिकेट विश्वकप लिग–२ ‘त्रिकोणात्मक एकदिवसीय शृङ्खला’अन्तर्गत नेपालले  एसोसिएट क्रिकेटको शीर्ष टोली नेदरल्यान्ड्सकाे सामना गर्दैछ।

नेपाली समर्थकहरूका लागि बहुप्रतीक्षित यो खेल अहिले बिहान साढे ९ बजेदेखि टियू क्रिकेट मैदानमा शुरू हुनेछ।

क्रिकेट विश्वकप लिग–२ को पहिलो खेलमै नामिबियासँग ४ विकेटले हार बेहोरेपछि नेदरल्यान्ड्ससित जित्नैपर्ने दबाबमा छ– नेपाली टाेली।

‘त्रिकोणात्मक एकदिवसीय शृङ्खला’अन्तर्गत नेपाल आएर नेदरल्यान्ड्सले पहिलोपटक एकदिवसीय संरचनाको खेल खेल्दैछ।

यी दुई टाेलीले हालसम्म तीनवटा एकदिवसीय खेल खेलेका छन्। जसमा नेदरल्यान्ड्सले २ र नेपालले १ खेलमा जित निकालेकाे छ।

नेपालले नेदरल्यान्ड्ससँग सन् २०१८ मै पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल खेलेको थियो।

क्यानले मैदानमा उतारेकाे टाेलीका सदस्यः रोहित पौडेल (कप्तान), आसिफ शेख, देव खनाल, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी र सूर्य तामाङ।

त्यस्तै, नेपाली क्रिकेट जगतमा ‘टाइगर’ उपनामले चिनिएका अलराउन्डर दीपेन्द्रसिंह ऐरी टाेलीमा फर्किएका छन्।

उनी इन्टरनेशल लिग टी–२० मा सहभागी भएर हिजाे राति मात्रै स्वदेश आइपुगेका हुन्।

प्रकाशित मिति: : 2024-02-17 06:42:00

प्रतिकृया दिनुहोस्