
बिएल संवाददाता
नेकपा (माओवादी केन्द्र)का नेता हितबहादुर तामाङ मन्त्री बनेका छन्।
गठबन्धन परिवर्तन भएसँगै बनेको सानो आकारको मन्त्री परिषद्मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तामाङलाई समावेश गरेका हुन्। उनकाे मन्त्रालयकाे टुंगाे भने लागेकाे छैन।
उनी अघिल्लो वर्ष भएको प्रतिनिधिसभाको निर्वाचनमा नुवाकोट– १ बाट एमालेका बद्री मैनालीलाई पराजित गर्दै निर्वाचित भएका थिए।
उनको जन्म वि.सं. २०२० जेठ १५ गते पञ्चकन्या गाउँपालिका– ३, नुवाकाेट (हालको)मा भएको थियो।
तामाङ २०३६ सालदेखि राजनीतिमा सक्रिय व्यक्ति हुन्।
उनी वि.सं. २०३८ सालमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चौथो मसालनिकट पार्टीको विद्यार्थी संगठन नुवाकोटको सचिव बनेको थिए।
त्यस्तै २०५१ सालमा नेकपा (एकता केन्द्र)को नुवाकोट जिल्ला सचिव बनेको थिए।
त्यसपछि भने उनी पुष्पकमल दाहाल ‘प्रचण्ड’कै वरिपरि रहेर राजनीतिमा सक्रिय छन्।
२०५१ सालमा माओवादी प्रवेश गरेर भूमिगत भएका उनी २०५५ मा माओवादी क्षेत्रीय व्युरो सदस्य बनेका थिए।
माओवादी जनयुद्धका क्रममा तामाङले दुई वर्षे जेल जीवनसमेत बिताएका थिए।
त्यस्तै उनी २०५९ सालमा माओवादीको केन्द्रीय सदस्य बनेका थिए।
नेकपा माओवादी केन्द्र र एमाले मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पनि उनी केन्द्रीय सदस्य थिए। हाल उनी माओवादी केन्द्रको केन्द्रीय सदस्य हुन्।
तामाङ २०६८ सालमा बाबुराम भट्टराई नेतृत्वकाे सरकारमा युवा तथा खेलकुदमन्त्री थिए।
अब भने तामाङको मन्त्रीका रुपमा दोस्रो ‘इनिङ’ सुरु भएको छ।
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया