मङ्गलबार, ०५ अगस्ट २०२५

पाकिस्तानमा भारी वर्षाः ३६ जनाको मृत्यु, ४१ घाइते

बिएल संवाददाता

बिएल संवाददाता

इस्लामाबाद
News Image
• • •

पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडिएमए) ले फेब्रुअरी २७ देखि मार्च ३ सम्म परेको भारी वर्षा र हिमपातमा परी कम्तीमा ३६ जनाको मृत्यु हुनुका साथै ४१ जना घाइते भएको जनाएको छ।

मृत्यु हुनेमा २१ जना बालबालिका, नौ जना पुरुष र छ जना महिला रहेको आइतबार राति जारी गरिएको विज्ञप्तिमा जनाइएको छ।

बर्षाको कारण सबैभन्दा बढी प्रभावित उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा २७ जनाको मृत्यु भएको थियो।

यसैगरी, दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा पाँच जनाको मृत्यु भएको छ, भने पाकिस्तान अधिनस्थ कास्मिरमा चार जनाको मृत्यु भएको थियो।

भारी बर्षाले ४६९ घरहरूमा पूर्ण वा आंशिक रूपमा क्षति भएको छ भने अनुमानित ६१ गाईवस्तुहरू मरेको प्रतिवेदनले जनाएको छ।

सोमबार, फाल्गुण २१, २०८०
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)