
डिल्ली पाण्डे
गण्डकी प्रदेशका सांसद राजीव गुरुङ (दीपक मनाङ्गे)ले काँग्रेसलाई सत्ताबाट नफालेको भए बर्बाद हुने बताएका छन्।
सोमबार काँग्रेससँगको गठबन्धन ताेड्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेसँग नयाँ गठबन्धन गरेपछि बिएल नेपाली सेवालाई प्रतिक्रिया दिँदै उनले अहिले काँग्रेसलाई सत्ताबाट नफालेको भए सबै डुब्ने अवस्था आउने बताए।
‘यतिबेला काँग्रेसलाई नफालेको भए हामी सबै डुब्ने थियौँ। काँग्रेसलाई रेस्पेक्ट गर्ने मान्छे हुँ म तर फाल्नैपर्छ अहिले,’ नेकपा एसका नेतासमेत रहेका उनले भने, ‘काँग्रेसले साह्रै बदमासी गर्याे।’
माओवादी नेतृत्वको सरकारलाई काँग्रेसले ‘ब्ल्याकमेलिङ’ गरेको उनको आरोप छ।
नक्कली भुटानी शरणार्थी प्रकरण, बालुवाटार, बाँसबारी जग्गा प्रकरणमा काँग्रेसले ‘ब्ल्याकमेलिङ’ गरेर आफ्नो मान्छे छुटाएको उनकाे भनाइ छ।
साथै मनाङ्गेले अब बन्ने नयाँ सरकारको गृह मन्त्रालयको जिम्मेवारी पनि माओवादीले नै लिनुपर्ने बताए। ‘माओवादीको गृहमन्त्रीले काम गरेको छ नि। तर, काँग्रेसले सरकार छाड्छु भन्दै ब्ल्याकमेलिङ गर्दै आफ्नो मान्छे बचाइरहेको छ,’ उनले भने, ‘अब पनि गृहमन्त्री माओवादीबाटै बन्नुपर्छ।’
भिडियाे :
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया