
बिएल संवाददाता
सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले दलितका हकअधिकारको रक्षाका निम्ति आफू प्रतिबद्ध रहेको बताएका छन्।
अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसका अवसरमा धनगढी बिहीबार अपराह्न आयोजित कार्यक्रममा उनले दलितका अधिकार स्थापित गर्न आफ्नो पूर्ण सहयोग हुने बताए।
समाजका सबै वर्ग मिलेर संविधान कार्यान्वयनमा जानसके मात्र दलितको अधिकार सुनिश्चितता हुने विचार व्यक्त गर्दै प्रदेशका प्रमुख मियाँले दलित आन्दोलनमा सबै नेपालीको ऐक्यबद्धता रहेको बताए। उनले भने, ‘छुवाछुत तथा जातीय भेदभावविरुद्ध नेपालको संविधानले गरेको व्यवस्थालाई बेवास्ता गर्न हुँदैन, त्यसको पूर्ण कार्यान्वयन हुनपर्छ भन्ने मेरो मान्यता छ।’
त्यस अवसरमा सुदूरपश्चिम प्रदेशसभा सदस्य ललिता सुनार, लक्ष्मी विक, कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी र भजनी नगरपालिकाका उपप्रमुख राजु तिरुवाले जातीय भेदभाव एवम् छुवाछुत दण्डनीय भएकाले कानुनले वर्जित गरेका गतिविधि कसैले पनि गर्न नहुनेमा जोड दिएका थिए।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया