बिहिबार, १४ अगस्ट २०२५

हावाले रूख ढाल्दा पाल्पामा एक जनाकाे मृत्यु

News Image
• • •

पाल्पामा वर्षासहित आएको हावाहुरीले रुख ढल्दा एक जनाको मृत्यु भएको छ। 

शनिबार बेलुका तानसेन नगरपालिका- ८ जरेपिपल नजिकै सडकमा गुडिरहेको स्कुटरमा हावाले ढालेकाे रूख पर्दा स्कुटरमा सवार एक जनाकाे मृत्यु भएकाे हाे। 

मृत्यु हुनेमा तानसेन कैलाशनगरका २० वर्षीय भुवन सिंजाली रहेकाे प्रहरीले जानकारी दिएकाे छ।

यस्तै हावाहुरी चलेपछि रोकेर राखेको मोटरसाइकल रुखले च्याप्दा तीन जना घाइते भएका छन्। 

स्कुटर र मोटरसाइकलमा सवार अर्का तीन जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

शनिबार, चैत्र १७, २०८०
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!