आइतबार, १७ अगस्ट २०२५

गण्डकीमा ७ दिनभित्र मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान

News Image
• • •

गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले ७ दिनभित्र मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरेका छन्।

बुधबार प्रदेश प्रमुख भट्टले संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई २७ चैतको दिउँसो ३ बजेभित्र नयाँ मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका हुन्।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुधबार बिहान राजीनामा दिएपछि नयाँ सरकार गठन गर्न समय दिएका हुन्।

प्रदेश प्रमुख भट्टले संविधानको धारा १६८ उपधारा (२) अनुसार नै सरकार गठनको लागि दलहरुलाई अवसर दिएका हुन्। 

याे पनि-

बुधबार, चैत्र २१, २०८०
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)