बुधबार, १३ अगस्ट २०२५

वैवाहिक बलात्कारको आरोप लागेका न्यायाधीश गिरीलाई थुनामा पठाउन सर्वोच्चकाे आदेश

News Image
• • •

सर्वोच्च अदालतले वैवाहिक बलात्कारको आरोप लागेका निलम्बित न्यायधीश भुवन गिरीलाई थुनामा पठाउन आदेश दिएको छ।

बुधबार न्यायाधीशद्वय हरि फुयाँल र तिलप्रसाद श्रेष्ठको इजलासले जिल्ला अदालत र उच्च अदालतको आदेश बदर गर्दै गिरीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।

रुपन्देही जिल्ला अदालतका तत्कालीन न्यायाधीश भुवन गिरीविरुद्ध वैवाहिक बलात्कार मुद्दामा उच्च अदालतबाट थुनामा राख्नु नपर्ने आदेश भएको थियो।

उक्त विवादमा काठमाडौँ जिल्ला अदालतमा दायर भएको बलात्कारको मुद्दामा गिरीलाई धरौटीमा रिहा गर्ने आदेश भएको थियो। सोही आदेशविरुद्ध निजकी श्रीमतीले उच्च अदालत पाटनमा निवेदन दायर गरेकी थिइन्।

उच्च अदालत पाटनले काठमाडौँ जिल्ला अदालतकै आदेश सदर गरेपछि गिरीकी श्रीमती सर्वोच्च अदालतमा पुगेकी थिइन्। दुबै अदालतको आदेश बदर गर्दै सर्वोच्चले गिरीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।

गिरीकी पत्नीले आफूमाथि वैवाहिक बलात्कार भएको भन्दै जाहेरी दिएपछि उनी पक्राउ परेका थिए।

याे पनि-
बुधबार, चैत्र २१, २०८०
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!