मङ्गलबार, ०५ अगस्ट २०२५

सहकारी ठगी प्रकरण: कार्यदलमा चार बुँदे सहमति

News Image
• • •

सहकारी ठगी प्रकरणको छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश (टीओआर) टुंगो लगाउन गठित कार्यदलमा ४ बुँदे सहमति भएकाे छ।

सिंहदरबारस्थित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेकाे कार्यदलको बैठकले कार्यादेशबारे ४ बुँदे सहमति गरेको हो।

कार्यदलले गरेको सहमति प्रधानमन्त्री पुष्पकमल दाहालप्रचण्डलाई बुझाएपछि मात्र सहमतिका बुँदा सार्वजनिक गर्ने जनाइएको छ।

कार्यदलमा कानुनमन्त्री पदम गिरी संयोजक रहेको कार्यदलमा महेश बर्तौला, जीवन परियार र शिशिर खनाल सदस्य रहेका छन्।

मंगलबार, जेठ १५, २०८१
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)