बुधबार, २० अगस्ट २०२५

याक चौरी कृषक महासंघको सम्मेलन सुरु

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

मुलुकका याक तथा चौंरीपालकहरूको संस्था ‘याक चौंरी कृषक महासंघ’को पहिलो राष्ट्रिय महाधिवेशन बुधबारबाट काठमाडौंमा सुरु भएको छ। 

चौरी किसानको हित एवम् चौरीखर्क संरक्षणमा योगदान पुर्‍याउन वर्ष दिन अघि मात्र महासंघ गठन गरिएको थियो।

कृषि तथा पशुपन्छी मन्त्री ज्वालाकुमारी साहले महाधिवेशन शुभारम्भ गरिन्। 

उनले किसानसँग सहकार्य गर्न तयार रहेको बताइन्। साथै चौरीपालनलाई बढावा दिन सरकार प्रतिबद्ध रहेको सुनाइन्।

कार्यक्रममा महासंघका अध्यक्ष दाबा सङ्बु शेर्पा, उपाध्यक्ष लालबहादुर के.सी. इसिमोडका निर्देशक टासी दोर्जे, नार्सी नार्कका निर्देशक डा. नीला अमात्य गोर्खाली, एफएओका प्रतिनिधि दीपकरत्न तुलाधर, पशु सेवा विभाग, पशु श्रोत निर्देशनालयका अधिकृत रेशमराज ज्ञवाली, प्रदेश पशु तालिम केन्द्रका डा. बासुदेवनाथ सम्बोधन गरेका थिए।  

नेपालका २९ जिल्लामा करिब ५५ हजार चौंरी पालन गरिएको छ। महासंघका सचिव पाविहाङ राईका अनुसार वर्षेनी चौरी पालन घट्दोक्रममा छ।

‘हिमाली पर्यावरण जोगाउन चौरी तथा याक पालनले महत्वपूणर् योगदान पुर्‍याएको छ’, उनले भने, ‘सीमा सुरक्षा गर्न र पर्यटक समस्यामा पर्दा सबैभन्दा पहिला उद्धार गर्ने काममा पनि चौंरी गोठालाहरू नै अघि सर्छन्।’  

कार्यक्रममा महासंघ गठनमा योगदान पुर्‍याउने डा. किरण पाण्डेलाई सम्मान गरिएको थियो। बिहीबारसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ।

बुधबार, जेठ १६, २०८१
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)