बिहिबार, २१ अगस्ट २०२५

नहरमा डुबेर कञ्चनपुरमा बालकको मृत्यु

Symbolic photo
• • •

कञ्चनपुरमा नहरको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ।

भीमदत्त नगरपालिका–५ तिनतारास्थित नहरमा डुबेर सोही ठाउँ बस्ने १५ वर्षीय बालक अबिरल चन्दको बुधबार मृत्यु भएको हो।

ती बालक नहरको पानीमा पौडी खेल्ने क्रमामा डुबेर बेपत्ता भएका थिए। उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट प्रहरी टोलीले खोजतलास गर्दा पौडी खेल्ने स्थानदेखि ६०० मिटर पूर्व मृत अवस्थामा फेला पारेको कञ्चनपुर प्रहरीले जनाएको छ। घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

बिहिबार, असार ०६, २०८१
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)