घाइते गिरी
एकः
फ्याँक्नेहरूले फोहोर, फोहोर भन्दैनन्
चोरले कहिल्यै, हो म चोर भन्दैनन्
ओतिने छानो भए भयो हामीलाई
यिनीहरू बस्नलाई बाख्राको खोर भन्दैनन्
थाहा छ एकछिन पछि हमला हुन्छ भन्ने
घायल बाघलाई कसैले कमजोर भन्दैनन्
बुझ्नेले बुझ्छ पेशा हो भनेर उस्को
पशुहरू मार्ने सबैलाई कठोर भन्दैनन्।
०००
दुईः
उता हाम्रो देश भने आँसुको तालमा
यता युवाहरू सामाजिक सन्जालमा
कसरी फर्कुँ, ज्यान हत्केलामा लिई
देश नै छ, फर्किन नसक्ने हालमा
शान्ति सुखहरू नमिले पनि
मृत्यु चैँ मिल्छ यहाँ अकालमा
नत्र बाजी त्यसै कहाँ हार्छ ऊ
केहि षड्यन्त्र छ उस्को चालमा।
०००
तीनः
पैसा जुटाउन थालेँ मैले गरिबीको माला देखेर
फर्किन मन लाग्यो घर चाउरीएका गाला देखेर
मैले त्यसै जिब्रो थुतेकौ कहाँ हो र हजूर
बोल्नै मन भएन शब्द शब्दमा भाला देखेर
त्यसैले त उदारी दिन बन्द गरेको हो
पैला लिन जाँदा अनुहारहरू काला देखेर
आउनु है त स्वागत छ हजूरलाई भने नि
म फर्किएक हो फाटकना ताला देखेर।
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया