शनिबार, १४ नोभेम्बर २०२६

विराटनगरलाई घर पठाउँदै शीर्ष स्थानमा उक्लियो लुम्बिनी

News Image
फाइल तस्बिर
• • •

लुम्बिनी लायन्स काठमाडौंमा जारी एनपीएल तेस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल)को पहिलो क्वालिफायरमा प्रवेश गरेको छ।

आज भएको खेलमा विराटनगर किंग्सलाई ४ विकेटले हराएर अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको लुम्बिनीले पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको हो। हारसंगै विराटनगर भने प्रतियोगिताबाटै बाहिरिएको छ।

जितका लागि विराटनगरले दिएको १६७ रनको लक्ष्य लुम्बिनीले १९.५ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्‍यो।

यसअघि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १६६ रन बनाएको थियो।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!