बिएल संवाददाता
दुई साथी मिलेर बजारमा ‘डिजिटल मास्टरी नेपाल’ सञ्चालनमा ल्याएका छन्।
फेसबुक, इन्स्ट्राग्राम, टिकटकलगायत वेब–साइडहरूलाई उकास्नका लागि डिजिटल मास्टरी नेपाल आइतबारदेखि औपचारिक रुपमा सुरु भएको हो।
‘डिजिटल मार्केटिङ’ सम्बन्धि सात वर्षको अनुभव बटुलेर उक्त कम्पनीको सुरुवात सह–संस्थापक प्रज्ञा काफ्ले र सह–संस्थापक पुर्ण भण्डारीले गरेका हुन्।
अनलाइन हुँदै भौतिक तालिम दिन थालेको डिजिटल मास्टरी नेपालले कुनैपनि वेब–साइडलाई उत्कृष्ट बनाउनका साथै ‘भिजिटर’ पनि बढाउने सह–संस्थापक पुर्ण भण्डारीले बताए।
उनका अनुसार डिजिटल मास्टरी नेपालले अनलाइन सम्बन्धि पनि व्यापार–व्यवसाय बढाउन मदत गर्दछ।
‘अहिले अधिकांश कामहरू अनलाइनमा हुने गरेको छ, त्यसैले हाम्रो कम्पनीको मुख्य लक्ष्य भनेकै धेरैभन्दा धेरै मानिसहरूलाई डिजिटल मार्केटिङमा आवद्ध गराएर सेवा दिनु हो’, उनले भने, ‘हामीले हाम्रा क्लाइन्टहरूलाई डिजिटल मार्केटिङसँगै एसईओको तालिम पनि दिने गरेका छौं। यसले बेव–साइडलाई अगाडि बढाउने गर्छ।’
अहिलेसम्म डिजिटल मास्टरी नेपालले पाँच हजारभन्दा बढीलाई तालिम दिइसकेको छ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया