बिएल संवाददाता
काभ्रेपलाञ्चोकको साँगास्थित नेपाल पुलिस स्कूलमा आजदेखि विद्यालयस्तरीय राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ। पुलिस स्कूलद्वारा आयोजित सो प्रतियोगिता आइतबारसम्म सञ्चालन हुने छ।
प्रतियोगितामा काठमाडौँ उपत्यकासहित अन्य जिल्लाका २८ विद्यालयका एक सय १९ खेलाडीले सहभागिता जनाएका छन्। प्रतियोगिताको आज एक समारोहबीच नेपाल ब्याडमिन्टन सङ्घका केन्द्रीय उपाध्यक्ष उदयकुमार श्रेष्ठले उद्घाटन गरे।
प्रतियोगितामा यू–११, यू–१३ र यू–१६ वर्ष उमेर समूहका छात्रछात्राले ६ विधामा प्रतिस्पर्धा गर्ने स्कूलका प्राचार्य माहेन पौडेलले जानकारी दिए।
आयोजकका अनुसार सङ्घको प्राविधिक सहयोगमा सञ्चालित उक्त प्रतियोगिता विद्यालयस्तरको सबैभन्दा ठूलो प्रतियोगिता हो। उद्घाटनका अवसरमा स्कूलका विद्यार्थीले विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया