बिहिबार, २८ अगस्ट २०२५

भोटो देखाउने तयारीमा जावलाखेल (तस्बिरहरू)

Break n Links
• • •

काठमाडाैँ उपत्यकाको मुख्य र लामो जात्राको रुपमा परिचित रातो मच्छिन्द्रनाथको रथजात्राअन्तगर्त भोटो जात्रा आज मनाइँदैछ।

रातो मच्छिन्द्रनाथको रथका चारै कुनामा उभिएर हीरा, मोती, मणि माणिक्य जडित भोटो अपराह्न ४ बजेपछि देखाइने कार्यक्रम छ।

भोटो जात्रा देखाउनुअघि ललितपुरको जावलाखेलमा अन्तिम तयारी भइरहेकाे छ। भोटो देखाउने कार्यक्रममा राष्ट्रपतिसहित राज्यका विशिष्ट व्यक्तिहरूको उपस्थिति हुनेछ।

भोटो देखाएपछि करिब तीन महिनादेखि जारी रथजात्रा सम्पन्न हुनेछ। भोटो देखाएकै दिन रातो मच्छिन्द्रनाथको रथलाई खटमा राखी बुङ्मती पुर्‍याउनुपर्ने परम्परा छ।

छ महिनासम्म बुङ्मतीमा रथ राखेपछि साइत हेरेर पाटन मच्छिन्द्रबहालमा ल्याइन्छ। यसरी रातो मच्छिन्द्रनाथको रथलाई छ महिना पाटन र छ महिना बुङ्मतीमा राख्ने चलन छ।

सरकारले भोटो देखाउने जात्राको दिन आज काठमाडौँ उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदासमेत दिएको छ।

आइतबार, श्रावण २०, २०८१
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)