शनिबार, १६ अगस्ट २०२५

मर्स्याङ्दी बस दुर्घटना: मृतककाे संख्या २७ पुग्याे, शव पोस्टमार्टम गरेर परिवारलाई बुझाइने

News Image
• • •

तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहारामा भएको बस दुर्घटनामा मृत्यु हुनेकाे संख्या २७ पुगेकाे छ।

शुक्रबार बिहान पाेखराबाट काठमाडाैँतर्फ आउँदै गरेकाे युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बस ऐनापहाराबाट मर्स्याङ्दी नदीमा खसेकाे थियाे।

चालक र सहचालकसहित ४३ जना भारतीय नागरिक सवार बस दुर्घटनामा २७ जनाकाे मृत्यु भएकाे हाे भने १६ जना घाइते भएका हुन्।

घाइते भएका १६ जनालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएकाे छ।

२७ मृतककाे शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टम गरेर परिवारलाई बुझाइने प्रहरीले बताएकाे छ।

शुक्रबार, भाद्र ०७, २०८१
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)