बिएल संवाददाता
अस्पतालहरुमा स्वास्थ्य उपचारका शिलशिलामा चिकित्सकहरुमाथि हुने आक्रमणबाट सुरक्षाका लागि भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कानुन संशाेधनको तयारी गरेको छ।
यसका लागि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी विधेयक दोश्रो संसोधनको मस्यौदा गरेको मन्त्रालयले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा राय माग्दै पत्र पठाएको छ।
चिकित्सकहरुले उपचारकै क्रममा बेलाबखत आफूहरुमाथि आक्रमण तथा धम्की आउने गरेको भन्दै सुरक्षा माग गर्दै आएका छन्। यसलाई सम्बोधन गर्न गत साउन २७ गते स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले घोषणा गरेको योजना तथा प्राथमिकतामा चिकित्सकको सुरक्षा सुनिश्चित गर्दै आवश्यक नीतिगत सुधार गर्ने उल्लेख थियो।
सोहीअनुसार कानुन संसोधनको तयारी गर्दै मन्त्रालयले कानुन मन्त्रालयसँग राय मागेको हो। संशाेधन प्रस्ताव गरिएको व्यवस्थाले चिकित्सकको सुरक्षामा थप योगदान दिने मन्त्री पौडेलको सचिवालयले जनाएको छ।
कानुनबाट राय प्राप्त भएपछि विधेयकको प्रक्रिया अघि बढाउने मन्त्रालयको तयारी छ।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया