बिएल संवाददाता
महाकाली र कर्णाली नदीमा बाढीले खतरा तह पार गरेको छ। महाकालीको परिगोन मापन केन्द्रमा र कर्णालीको चिसापानी मापनकेन्द्रमा बाढीले खतरा तह पार गरेको हो।
नदीले खतराको तह पार गरेपछि साइरन बजाइएको छ। नदी आसपासका नागरिकलाई सतर्क रहन पनि आग्रह गरिएको छ। महाकालीमा ८ मिटर र कर्णालीमा १० दशमल ८ मिटरलाई खतराको तह मानिन्छ।
यो समाचार तयार पार्दै गर्दा महाकालीमा ८ दशमलव ६४ र कर्णालीमा १० दशमलव ८ मिटर नै बाढीको सतह रहेको छ।
यस्तै महाकालीको दोधरी चाँदनी र बर्दियामा रहेको बबई नदीको बबई पुल र चेपाङ क्षेत्रमा भने बाढीले सतर्कता तह पार गरेको छ।
यी तीन ठाउँमा अहिले बाढी कम हुँदै गएको छ।
गएरातिदेखि पश्चिम नेपालमा निरन्तर वर्षा भइरहेको छ। यो वर्षा भोलि शनिबारसम्म कायम रहेने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया