
बिएल संवाददाता
महाकाली र कर्णाली नदीमा बाढीले खतरा तह पार गरेको छ। महाकालीको परिगोन मापन केन्द्रमा र कर्णालीको चिसापानी मापनकेन्द्रमा बाढीले खतरा तह पार गरेको हो।
नदीले खतराको तह पार गरेपछि साइरन बजाइएको छ। नदी आसपासका नागरिकलाई सतर्क रहन पनि आग्रह गरिएको छ। महाकालीमा ८ मिटर र कर्णालीमा १० दशमल ८ मिटरलाई खतराको तह मानिन्छ।
यो समाचार तयार पार्दै गर्दा महाकालीमा ८ दशमलव ६४ र कर्णालीमा १० दशमलव ८ मिटर नै बाढीको सतह रहेको छ।
यस्तै महाकालीको दोधरी चाँदनी र बर्दियामा रहेको बबई नदीको बबई पुल र चेपाङ क्षेत्रमा भने बाढीले सतर्कता तह पार गरेको छ।
यी तीन ठाउँमा अहिले बाढी कम हुँदै गएको छ।
गएरातिदेखि पश्चिम नेपालमा निरन्तर वर्षा भइरहेको छ। यो वर्षा भोलि शनिबारसम्म कायम रहेने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया