बिएल संवाददाता
                                झापा अर्जुनधारा ६ को महानन्द चोकमा युवकद्वारा छुरा प्रहार गरी हत्या गरिएकी युवतीको पहिचान खुलेको छ।
हत्या गरिएकी युवती अन्दाजी १९ वर्षकी इलाम फिक्कलकी मनिशा लोहार भएको खुलेको हो।
त्यस्तै उनलाई छुरा प्रहार गर्ने युवक कैलाली जिल्ला स्थायी ठेगाना भएका अन्दाजी २० वर्षका अनिल विक भएको बुझिएको छ। छुरा प्रहारबाट घाइते युवतीलाई उपचारका लागि बीएण्डसी अस्पताल पठाइएकोमा उपचारका क्रममा साँझ ७ बजे उनको मृत्यु भएको हो।
उनको घाँटी, छाती र कोखामा छुरा लागेको थियो। छुरा प्रहार गर्ने विक पनि घाइते छन्। उनलाई उपचारको लागि बिर्तासिटी अस्पताल भर्ना गरिएको छ।
छुरा प्रहार गर्ने विकलाई स्थानीयले प्रतिकार गर्दा उनी घाइते भएका हुन्। घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए। दुवैजना प्रेमी–प्रेमिका रहेको बुझिएको छ।
चार दिनअघि केटीको विषयमा बिर्तामोडको किरात चोकमा दुई समूहबीच ग्याङ फाइट भएको थियो। झडपमा एकजना घाइते भएका थिए भने तीनजनालाई प्रहरीले पक्राउ गरेको थियो। यस किसिमका घटनाले बिर्तामोड असुरक्षित बन्दै गएको छ।
                                    
                                        नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
                                    
                                        नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया