बिहिबार, २१ अगस्ट २०२५

दसैँ खर्चका माग्न ‘कोसी’ उपहार मुख्यमन्त्री कार्यालय पुगे दिलबहादुर

Break n Links
• • •

राउटे समुदायका अगुवा दिलबहादुर शाही दसैँ खर्चका माग्न लुम्बिनी प्रदेशकाे मुख्यमन्त्री कार्यालय पुगेका छन्।

सुर्खेतमा बस्दै आएका शाही बुधबार प्रदेश राजधानी देउखुरी पुगेर मुख्यमन्त्री चेतनारायण आचार्यसँग भेट गरेका हुन्।

दसैँ खर्चका माग्न पुगेका ६० वर्षीय शाहीले मुख्यमन्त्रीलाई हातले बनाएको काठको कोसी उपहार दिएका छन्।

‘यो काठको कोसी हो। हातैले बनाएको। यस्तो कोसी बनाउन थालेको धेरै भइसक्यो’उहाँले भन्नुभयो,‘मुख्यमन्त्रीज्यू, दसैँ त आइहाल्यो त। खर्च चाहियो’, उनले मुख्यमन्त्रीसँग भने।

दसैँ खर्च माग्न यसपालि शाही एक्लै लुम्बिनी प्रदेशसम्म पुगेका हुन्। ‘साथीहरु आउन थालेका थिए। गाडी चढ्न डराए’, उनले भने, ‘मरे मै मरुँला भनेर आएँ।’

राउटे समुदायका व्यक्तिलाई सरकारले सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ। उनीहरूले मासिक चार हजार रुपैयाँ भत्ता बुझ्दै आएका छन्।

राउटे समुदाय हरेक वर्ष दसैंको खर्चको लागि प्रदेश सरकारकहाँ धाउँदै आएका छन्। मुख्यमन्त्री आचार्यले राम्रोसंग दसैं मनाउन दिलहादुरमार्फत सन्देश पठाएका छन्।

बुधबार, आश्विन ०२, २०८१
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)