आइतबार, १७ अगस्ट २०२५

डुबानमा परेकाहरूको उद्धारमा परिचालित हुने एमालेको निर्णय

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
Break n Links
• • •

नेकपा एमालेले बाढी, पहिरो र डुवानमा परेकाहरूको उद्धारमा खट्न सम्पूर्ण कमिटीलाई निर्देशन दिएकाे छ। 

आइतबार बिहान बसेको केन्द्रीय कार्यालय र विपद् व्यवस्थापन विभाग तथा स्वयंसेवा विभागको संयुक्त बैठकले सम्पूर्ण कमिटीलाई पीडितहरुको उद्धार र राहत वितरणमा केन्द्रीत हुन निर्देशन दिएकाे हाे। 

उक्त बैठकमा उद्धार, राहत वितरण र पुनर्स्थापनामा केन्द्रित हुन सरकारलाई सुझाव दिने निर्णय पनि भएको छ। 

आइतबार सरकारले बोलाएको सर्वदलीय बैठकमा महासचिव शंकर पोखरेलले पार्टीका तर्फबाट सुझावहरु राखेका थिए। 

आइतबार, आश्विन १३, २०८१
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)