बुधबार, १३ अगस्ट २०२५

विपद्का घटनाका लागि चिनियाँ रेडक्रसद्वारा १ लाख अमेरिकी डलर सहयोग

News Image
• • •

चिनियाँ रेडक्रस सोसाइटीले विपद्का घटनामा परेका नागरिकहरुको सहयोगका लागि एक लाख अमेरिकी डलर सहयोग गरेको छ।

बुधबार नेपालीका लागि चीनका राजदूत चेन सङले गृह मन्त्रालयमार्फत उक्त चेक रकम नेपाल रेडक्रस सोसाइटीलाई हस्तान्तरण गरेका छन्।

पछिल्लो समय बाढी, पहिरो र डुवानलगायत प्राकृतिक विपत्तिमा परेका नागरिकहरुको सहयोगका लागि गृह मन्त्रालयमार्फत नेपाल रेडक्रस सोसाइटीलाई उक्त रकम हस्तान्तरण गरेको गृह मन्त्रालयले जनाएको छ।

चेक हस्तान्तरणका क्रममा बोल्दै राजदूत सङले विपद्मा परी ज्यान गुमाउने नागरिकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको स्वास्थ्य लाभको कामना व्यक्त गरे।

उनले विपद्मा चिनियाँ सरकारले थप सामाग्री समेत सहयोग गर्ने बचन व्यक्त गरे।

बुधबार, आश्विन १६, २०८१
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)