बिएल संवाददाता
काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले नेपाल संम्वत्लाई सबैले चिन्नुपर्ने बताएकी छन्।
शनिबार नेपाल संम्वत् ११४५को अवसरमा आयोजित शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै डंगोलले नेपाल संम्वत्लाई सबैले जान्ने , बुझ्ने र प्रयोग गर्न सक्ने बनाउन आग्रह गरेकी हुन्।
उनले भनिन्, ‘नेपाल संम्वत्को आफ्नै मौलिक पहिचान छ। व्यवहारीक रुपमा पनि यसको निकै महत्व छ। हामीले मनाउने विभिन्न संस्कृति, कलाकृति, जात्रा पर्वहरु सबै हामीले नेपाल संम्वत्कै आधारमा मनाउँछौं। यसकारण पनि नेपाल संम्वत्लाई हामीले प्रयोग गर्नुपर्छ। यसलाई अझै धेरैले जान्ने, बुझ्ने, प्रयोग गर्न सक्ने बनाउनुपर्छ।’
साथै उनले मनाउँदै आइरहेको र व्यवहारमा लागु गरिरहेको नेपाल संम्वत्लाई बलियो बनाउनुपर्ने बताइन्।
उनले प्रशासनीय रुपमा नेपाल संम्वत्लाई तीव्र गतिमा लैजान ध्यान दिनुपर्ने बताइन्।
भिडियाे: ***
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
प्रतिक्रिया