आइतबार, १७ अगस्ट २०२५

सूचना आयोगको प्रमुख आयुक्तमा आचार्य, आयुक्तमा विष्ट र भण्डारीको नाम सिफारिस

News Image
• • •

राष्ट्रिय सूचना आयोगको रिक्त प्रमुख आयुक्त र आयुक्तहरुमा नियुक्त हुने सदस्यको टुंगो लागेको छ। जसमा प्रमुख आयुक्त नेपाली काँग्रेस र दुई आयुक्तमा एमालेको भागबण्डा गरिएको छ।

प्रमुख आयुक्तमा डा. सुरेश आचार्य, आयुक्तहरुमा गगन विष्ट र दुर्गा भण्डारीको नाम सिफारिस भएको छ।

आचार्य नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हुन् भने आयुक्तहरुमध्ये विष्ट प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष र भण्डारी प्रेस काउन्सिल नेपालका सदस्य हुन्।

प्रमुख आयुक्त र आयुक्तको नाम सभामुखको अध्यक्षतामा सञ्चार मन्त्री र नेपाल पत्रकार महासंघको अध्यक्ष सदस्य रहेको सिफारिस समितिले प्रस्ताव गरेको हो।

उक्त सिफारिसलाई मन्त्रिपरिषद्को बैठकले निर्णय गरेपछि प्रधानमन्त्रीले पद तथा गोपनियताको सपथ खुवाउने कानुनी व्यवस्था छ।

मंगलबार, कार्तिक २०, २०८१
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!