बिहिबार, २१ अगस्ट २०२५

सबै दलहरूसँग छलफल गरेर नै संविधान संशोधनकाे प्रक्रिया अगाडि बढ्छ: उपप्रधानमन्त्री सिंह

Break n Links
• • •

उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले सबै दलहरूसँग छलफल गरेर नै संविधान संशोधनकाे प्रक्रिया अगाडि बढ्ने बताएका छन्।

बुधबार रूपन्देहीमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उपप्रधानमन्त्री सिंहले संविधान संशोधन गर्न नेपाली काँग्रेस र नेकपा एमालेले कार्यदल बनाएर आन्तरिक रूपमा काम सुरू गरिसकेको बताए।

‘संविधान संशाेधनकाे प्रक्रियालाई अगाडि बढाउन कांग्रेस र एमालेकाे कार्यदल गठन भइसकेकाे छ’, उनले भने, ‘कार्यदलले सबै राजनीतिक दलसँग छलफल गर्छ। सबै दलहरूसँग छलफल गरेर नै संविधान संशोधनकाे प्रक्रिया अगाडि बढ्छ।’

सत्तारूढ दल काँग्रेस र एमालेले संघीय संसदमा विचारधीन विधेयकहरूबारे छलफल गर्न मंगलबार कार्यदल बनाएकाे छ।

कार्यदलमा दुवै पार्टीका संसदीय विभागका प्रमुखहरू, संसदीय दलका प्रमुख सचेत तथा सचेतकहरू सदस्य रहनेछन्।

बुधबार, पौष १०, २०८१
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)