बिएल संवाददाता
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले धेरै कष्ट गरेर नेपाल कम्युनिस्ट पार्टीले विशिष्ट स्थान हासिल गरेको बताएका छन्।
नेकपा (एकीकृत समाजवादी) सिन्धुपाल्चोक– काठमाडौं सम्पर्क कमिटीको ४१औं पिस्कर स्मृति कार्यक्रममा बोल्दै उनले धेरै रगत, पसिना बगाइ कष्ट भोगेर नेपालको राजनीतिमा नेपाल कम्युनिस्ट पार्टीले विशिष्ट स्थान हासिल गरेको बताएका हुन्।
उनले भने,‘अहिलेको पुस्ताले सबै यतिकै भएको सोचेका छन्। यतिकै भएको छैन धेरै रगत बगाउन परेको छ। धेरै पसिना बगाउनु परेको छ। धेरै कष्ट भोग्नु परेको छ। धेरै चुनौतीको सामना गर्नुपरेको छ। नखाइ नखाइकन ज्यान जोखिममा राखिकन बल्ल नेपालको राजनीतिमा नेपाल कम्युनिस्ट पार्टीले विशिष्ट स्थान हासिल गरेको छ। प्राय: मान्छेलाई लाग्दछ कम्युनिष्ट पार्टीको भविश्य छैन।’
यसैगरी उनले राजनीति गर्नेहरूले समाज परिवर्तन र मानव सेवाको भावना राखेर अघि बढ्न सके मात्र युवा पुस्ताले पनि राजनीतिमा विश्वास गर्ने बताए।
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
ओझेलमा पारिएको सवाल!
मोरङको राजघाटदेखि विश्व रंगमञ्चसम्म: सिर्जनाको अद्भुत उडान
आज केही स्थानमा मध्यम वर्षाको सम्भावना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया