बिएल संवाददाता
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले धेरै कष्ट गरेर नेपाल कम्युनिस्ट पार्टीले विशिष्ट स्थान हासिल गरेको बताएका छन्।
नेकपा (एकीकृत समाजवादी) सिन्धुपाल्चोक– काठमाडौं सम्पर्क कमिटीको ४१औं पिस्कर स्मृति कार्यक्रममा बोल्दै उनले धेरै रगत, पसिना बगाइ कष्ट भोगेर नेपालको राजनीतिमा नेपाल कम्युनिस्ट पार्टीले विशिष्ट स्थान हासिल गरेको बताएका हुन्।
उनले भने,‘अहिलेको पुस्ताले सबै यतिकै भएको सोचेका छन्। यतिकै भएको छैन धेरै रगत बगाउन परेको छ। धेरै पसिना बगाउनु परेको छ। धेरै कष्ट भोग्नु परेको छ। धेरै चुनौतीको सामना गर्नुपरेको छ। नखाइ नखाइकन ज्यान जोखिममा राखिकन बल्ल नेपालको राजनीतिमा नेपाल कम्युनिस्ट पार्टीले विशिष्ट स्थान हासिल गरेको छ। प्राय: मान्छेलाई लाग्दछ कम्युनिष्ट पार्टीको भविश्य छैन।’
यसैगरी उनले राजनीति गर्नेहरूले समाज परिवर्तन र मानव सेवाको भावना राखेर अघि बढ्न सके मात्र युवा पुस्ताले पनि राजनीतिमा विश्वास गर्ने बताए।
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया