बिहिबार, १४ अगस्ट २०२५

भारतबाट ल्याउँदै गरेको ३८ मानव खप्पर र १० थान नली खुट्टाको हड्डीसहित एक पक्राउ

News Image
• • •

सशस्त्र प्रहरीले भारतबाट नेपाल ल्याउँदै गरेको मानव कंकालसहित एक जनालाई विराटनगरबाट पक्राउ गरेको छ।

पक्राउ पर्न‍ेमा विराटनगर महानगरपालिका-१७ का ३७ वर्षीय विनोद राय छन्। भारतबाट रिक्सामा हालेर नेपाल ल्याउँदै गरेको मानव कंकालसहित उनलाई प्रहरीले पक्राउ गरेको हो।

बोर्डरमा खटिएको सशस्त्र प्रहरी नायब निरीक्षक प्रकाश दहाल नेतृत्वको टोलीले रायको साथबाट ३८ थान मानव खप्पर र १० थान नली खुट्टाको हड्डी बरामद गरेको हो। 

उनको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

आइतबार, माघ २०, २०८१
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)