बिएल संवाददाता
नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले सरकारले ल्याएको अध्यादेश ‘खाउँ भने कसको अनुहार, नखाउँ भने दिनभरिको शिकार’ भनेको जस्तो भएको बताएका छन्।
आइतबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले अहिलेको प्रधानमन्त्री प्राविधिक रुपमा जोड घटाउ, हिसावकिताब अलि गर्न नजान्ने भाष्य नै सिर्जना गरिसकेको बताएका हुन्।
उनले प्रधानमन्त्री मादल बजाउने, गितार बजाउने, सोसल साइडहरू पनि आफैंले ह्यान्डल गर्ने विपक्षी दलको नेताको मन्तव्य सुन्न छाडेर टिकटकरहरूसँग गफ गरेर बस्ने गरेको आरोप लगाउँदै ‘ओलीको के खुस्कियो’अब यो बुझ्न बाँकी रहेको बताए।
उनले भने, ‘अध्यादेश त एउटा नेपाली उखान छ नि अब खाउँ भने कसको अनुहार, नखाउ भने दिनभरिको शिकार भनेकोजस्तो भएको छ सरकारलाई। अहिलेका प्रधानमन्त्री अलि यो प्राविधिक रुपमा जोडघटाउ, हिसाबकिताब अलि गर्न नजान्ने भाष्य नै सिर्जना भइसकेको छ। कहिले आफैं प्रधानमन्त्री मादल बजाउने, गितार बजाउने, सोसल साइडहरू पनि आफैंले ह्यान्डल गर्ने, विपक्षी दलको नेताको मन्तव्य सुन्न छोडेर टिकटकरहरूसँग गफ गरेर बस्ने अलि प्राविधिक टाइपको हो उहाँ, तर यसपाली के खुस्कियो अब यो बुझ्न बाँकी छ।’
साथै उनले यो सरकारले ल्याएको अध्यादेश घाँडो भएको बताए। उनले सकेसम्म प्रतिपक्षले यो अध्यादेश अस्वीकृत गर्ने बताए।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया