
बिएल संवाददाता
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गाएको गीत युट्युब ट्रेन्डिङको एक नम्बरमा पुगेको छ।
‘नेपाल हाँसेको…’ बोलको गीतमा बालेनको शब्द, संगीत, स्वर र र्याप छ। गीतमा विकसित नेपालको परिकल्पना गर्दै अहिलेको यथार्थ चित्रण गरिएको छ।
कोरसमा अन्य कलाकारको पनि स्वर सुन्न सकिन्छ। सारा खड्गी, मानुसी पौडेल, कृषा खड्कालगायतको कोरसमा स्वर छ।बालेन मेयर भएपछि उनले गाएको गीत पहिलोपटक बजारमा आएको हो।
नेपालमा म्युजिक क्याटागोरीमा एक नम्बरमा पुगेको चलचित्र ‘लाज शरणम्’को गीत अहिले भने युट्युब ट्रेन्डिङको दुई नम्बरमा पुगेको छ। ‘लाज शरणम्’ले बालेनको स्वरमा रहेको गीतलाई प्रोमोसनल गीतको संज्ञा दिएको छ। यो गीतले चलचित्रको हाइप थप बढाएको छ।
गीत बालेनको युट्युब च्यानलमा-
चलचित्र ‘लाज शरणम्’ले केही दिनअगाडि मात्रै ‘हेर्दा हेर्दैमा…’ बोलको गीत सार्वजनिक गरेको थियो।
चलचित्र ‘लाज शरणम्’ हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले बनाएको चलचित्र हो। लेखक, कलाकारदेखि निर्देशकसम्म यो चलचित्रमा ‘सक्किगोनि’ टिमको छ।
‘लाज शरणम्’को मुख्य भूमिकामा सिताराम कट्टेल ‘धर्मुस’ मुख्य भूमिकामा छन्। यो चलचित्रलाई कुमार कट्टेलले निर्देशन गरेका हुन्।
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
प्रतिक्रिया