बिएल संवाददाता
प्रहरीको नाममा रकम ठगी गरेको आरोपमा रौतहट प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको घुमुवा हुँ भन्दै किसानसँग पैसा मागेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा गरुडा नगरपालिका-८ बिर्ता गाउँका ४४ वर्षीय सदरे आलम रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता एवं डीएसपी दीपककुमार रायले बताए।
उनका अनुसार गौर-चन्द्रनिगाहपुर सडकखण्ड अन्तर्गत बिर्ताचोकमा आलमले शुक्रवार दिउँसो घुमुवा प्रहरी बताएर किसानले ल्याउँदै गरेको मलखाद रोकेर पैसा मागिरहेको सूचनाको आधारमा प्रहरी चौकी बिर्ताबाट खटिएको प्रहरी गस्ती टोलीले पक्राउ गरेको हो।
आरोपी आलम हाल इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा रहेको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनायो।
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया