बिएल संवाददाता
चार देशीय महिला कपमा नेपाल आज (बिहीबार) घरेलु टिम युगान्डासँग प्रतिस्पर्धा गर्दैछ। युगाण्डामा जारी वुमन्स डे कपमा पाँचौं दिनका खेलहरू मध्ये आज दुई खेल हुँदैछ।
आजको पहिलो खेल नामिबिया र हङकङबीच हुनेछ भने दोस्रो खेलमा घरेलु टोली युगाण्डा र नेपाल भिँड्दै छन्। खेल अपराह्न पौने ५ बजेदेखि सुरु हुनेछ।
जारी सिरिजमा कमजोर ब्याटिङ प्रदर्शन गरिरहेको नेपालले आजको खेलमा सुधार ल्याउने अपेक्षा गरिएको छ। नेपालले, जारी सिरिजमा चार खेल खेल्दा एकमा मात्र जित हात पारेको छ।
आजै हुने नामिबिया र हङकङबीचको पहिलो खेलको विजेताले फाइनल खेल्ने पक्का हुनेछ । नेपालले भोलि अन्तिम खेलमा हङकङसँग खेल्नेछ।
नेपालको टोलीः
इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, पुजा महतो, अलिशाकुमारी यादव, बिन्दु रावल, सम्झना खड्का, ममता चौधरी, कविता जोशी, रिया शर्मा, सना प्रवीन, रोमा थापा, राजमती ऐरी, रचना चौधरी र ईश्वरी विष्ट।
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया