बिएल संवाददाता
बुद्ध एयरका प्रवन्ध निर्देशक विरेन्द्र बहादुर बस्नेतले कृषिले मात्र मुलुकमा समृद्धि ल्याउने दाबी गरेका छन्।
शुक्रबार आरजु राइस मिलले कृषकहरुसंगको अन्तरक्रियामा बोल्दै उनले खाद्यन्न बालीको उत्पादनमा वृद्धि भएपछि मात्र समृद्धि सम्भव भएको बताएका हुन्।
उनले भने,‘नेपालमा अबको समृद्धि भनेको कृषिबाट सुरु नभइ समृद्धि हुँदैन। कृषि भनेको किसानको खेतलाई अधिकतम प्रयोग गर्ने खाद्यन्न बालीको उत्पादन वृद्धि हुन पर्यो। त्यसपछि मात्रै समृद्धि हुन्छ। नेपालको समृद्धिपछि मात्र रोजगारी सृजना हुन्छ। सोही अभियानका लागि धेरै मेहेनत गरेका हौं। २२ वर्षदेखि भिडिरहेका छौं र २० औं करोडजति नै खर्च गरिसकेका छौं।’
त्यस्तै उनले बुद्ध एयरलाई भन्दा बढि समय आफूले कृषि सम्बन्धि अभियानलाई दिएको पनि बताए।
मिलको स्थापना उद्देश्य कृषकहरुलाई धानको उचित मूल्यमा विक्री गर्न सहयोग पुर्याउनु र कृषि उत्पादनलाई समृद्धितर्फ डोहोर्याउने भएको भन्दै उनले आरजु राइस मिलले धानको उत्पादन र प्रशोधनमा उत्कृष्टता राख्न आफ्नो दक्षता र प्रविधिको उपयोग गरेको पनि बताए।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया