बिएल संवाददाता
शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन्।
सोमबार उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएको बालुवाटार निकट उच्च स्रोतले बतायो।
आजै बस्ने मन्त्रिपरिषद बैठकले उनको राजीनामा स्वीकृत गर्ने सम्भावना रहेको स्रोतले बतायो।
शिक्षकहरूको माग सम्बोधनमा प्रधानमन्त्री केपी शर्मा ओली अनुदार देखिएको र शिक्षा विधेयक पारित गराउँन असहयोग गरेको भन्दै उनी असन्तुष्ट थिइन्।
केहिदिनअघि पार्टीनिकट प्राज्ञिक व्यक्तित्वहरूसँगको छलफलमा भट्टराईले शिक्षकका माग पूरा गर्न ओलीले नचाहेको र उदासिन देखिएको भन्दै असन्तुष्टि जनाएकी थिइन्। शिक्षकहरूले उठाएका कतिपय जायज मुद्दाहरूमा ओली अराजक शैलीमा प्रस्तुत भएको भन्दै उनी असन्तुष्ट रहेको बुझिएको छ।
शिक्षा ऐन जारी गर्न ओलीले असहयोग गरेको भन्दै उनले आफूनिकटहरूसँग राजीनामाको संकेत गरिसकेकी थिइन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया