बिएल संवाददाता
शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन्।
सोमबार उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएको बालुवाटार निकट उच्च स्रोतले बतायो।
आजै बस्ने मन्त्रिपरिषद बैठकले उनको राजीनामा स्वीकृत गर्ने सम्भावना रहेको स्रोतले बतायो।
शिक्षकहरूको माग सम्बोधनमा प्रधानमन्त्री केपी शर्मा ओली अनुदार देखिएको र शिक्षा विधेयक पारित गराउँन असहयोग गरेको भन्दै उनी असन्तुष्ट थिइन्।
केहिदिनअघि पार्टीनिकट प्राज्ञिक व्यक्तित्वहरूसँगको छलफलमा भट्टराईले शिक्षकका माग पूरा गर्न ओलीले नचाहेको र उदासिन देखिएको भन्दै असन्तुष्टि जनाएकी थिइन्। शिक्षकहरूले उठाएका कतिपय जायज मुद्दाहरूमा ओली अराजक शैलीमा प्रस्तुत भएको भन्दै उनी असन्तुष्ट रहेको बुझिएको छ।
शिक्षा ऐन जारी गर्न ओलीले असहयोग गरेको भन्दै उनले आफूनिकटहरूसँग राजीनामाको संकेत गरिसकेकी थिइन्।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया