बिहिबार, १४ अगस्ट २०२५

नेपालमा लोकतन्त्र दिवशकै दिन १२ मिनेटमा दुई भूकम्प : गरायो २०७२ को सम्झना

News Image
• • •

नेपालले १३औं लोकतन्त्र  दिवश मनाउँन दिन विहानै १२ मिनेटको अन्तरमा दुईवटा भूकम्प महसुस गरेको छ।

वुबधार बिहान ६ बजेर २९ मिनेट जाँदा पहिलो भूकम्पको धक्का महसुश भएकोमा त्यसको १२ मिनेटपछि ६ बजेर ४१ मिनेटमा फेरि अर्को धक्का महसुस भएको हो।

भूकम्प मापन केन्द्रका अनुसार विहान ६ बजेर २९ मिनेटमा ५.२ रेक्टर स्केलको भूकम्प र त्यसको ११ मिनेटपछि ४.३ रेक्टर स्केलको परकम्प गएको हो। भूकम्पको केन्द्र धादिङको नौविसे भएको बताइएको छ।

नेपालमा चार वर्ष अघि वैशाख १२ गते महाभुकम्प गएको थियो। त्यसको ठीक एक दिन अघिको मिति पारेर १२ मिनेटको अन्तरमा लगातार आएको भूकमप्पले त्यतिबेलाका भुक्तभोगीलाई भने २०७२ सालको महाभूकम्पको स्मरण गराएको छ। 

बुधबार, बैशाख ११, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!