बिहिबार, १४ अगस्ट २०२५

भेनेजुएला सङ्कट: 'ग्वाइदोले गराउन खोजेको सैन्य विद्रोह' विफल पारिएको राष्ट्रपति निकोलास मदुरोको दाबी

News Image
बीबीसी
• • •

भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले विपक्षी नेता ख्वान ग्वाइदोले गराउन खोजेको सैन्य विद्रोह विफल पारिएको दाबी गरेका छन्।

मङ्गलवार भएका भिडन्तमा केही दर्जन सैनिकहरूले विपक्षीलाई साथ दिएका थिए। ती घटनामा सय जनाभन्दा बढी व्यक्ति घाइते भएका थिए।

बुधवार टेलिभिजनमा बोल्दै राष्ट्रपति मदुरोले ग्वाइदो सेनालाई आफूविरुद्ध प्रयोग गर्न असफल भएको बताए।

ग्वाइदोले सेनामा मदुरोको नियन्त्रण नरहेको भन्दै शान्तिपूर्ण परिवर्तन अवश्यमभावी भएको दाबी गरेका छन्।

बुधबार, बैशाख १८, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!